site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लुम्बिनीको विशेष अधिवेशन आजै अन्त्य गर्ने तयारी
Siddhartha BankSiddhartha Bank

काठमाडौं । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आजै अन्त्य गर्ने तयारी गरिएको छ ।

मुख्यमन्त्री पोखरेलको अविश्वासको प्रस्ताव छिनोफानो गर्नका लागि बोलाइएको बैठकको प्रयोजन उनले राजीनामा दिएसँगै सकिएकाले अधिवेशन अन्त्य हुन सक्ने नेपाली कांग्रेसका प्रदेश सांसद डिल्ली चौधरीले जानकारी दिए । प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य भएको सूचना आजै निकाल्न सक्ने उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आजको प्रदेशसभाको दोस्रो बैठकमा सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीको राजीनामा आएको पत्र पढेर सुनाएका थिए । त्यससँगै आजको बैठक स्थगित गरिएको चौधरीले बताए ।

दिउँसो १ बजेका लागि बोलाइएको अधिवेशनअघि नै मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिए पनि प्रदेश प्रमुखमार्फत सूचना नआएको भन्दै प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफल गरिएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement