site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपालले भनेको सम्मानजनक एकता कस्तो हो ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । “कमरेडहरु सबैको एकताको भावनासँग मेरो पनि एकरुपता छ । त्यसैले मैले बारम्बार एकता हाम्रो इच्छा र चाहना हो भन्ने गरेको छु । सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढंगले एकता होस् भन्ने मेरो चाहना छ,” सोमबार आफू निकट स्थायी कमिटी सदस्यहरुको छलफलमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले भने । 

पछिल्लो पटक नेता नेपालले सम्मानजनक एकता हुनुपर्ने बताउँदै आएका छन् । उनले चाहेको सम्मानजनक एकता कस्तो भन्ने अझै खुलिसकेको छैन । 

तथापि नेपाल समूहका नेताहरुले समान हैसियतको अध्यक्ष बन्नुपर्नेमा जोड दिइरहेका छन् तर नेता नेपालले आफू पार्टीको अध्यक्ष अहिले नबन्ने आफू निकटहरुसँग बताउँदै आएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सोमबारको छलफलमा पनि नेताहरुले समान अध्यक्ष बनेर पार्टी जोगाउनुपर्ने धारणा राखेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एकता सम्भव नभएको बताउँदै आएका नेता नेपाल नेताहरुको दबाबपछि भने उनीसँग भेट्न तयार भएका छन् । 

नेपालले भनेको सम्मानजनक एकता समान हैसियतको अध्यक्ष भएको उनी निकट स्थायी कमिटी सदस्यको जिकिर छ । 

Global Ime bank

नेता नेपालले अध्यक्ष बन्ने चाहना नराखेको आफूहरुको आग्रहमा नेता नेपाल ओलीसँग भेट्न राजी भएको ती नेताले सुनाए । 

“अध्यक्ष भन्ने उहाँको आफ्नै माग होइन । त्यो अध्यक्ष दिन्छु भन्ने प्रस्ताव ओलीबाटै आएको हो । त्यसमा हामीले पनि अघि बढ्नुपर्छ भन्यौं,” उनले भने “तर समान हैसियतको अध्यक्ष भए अलिक सहज हुन्थ्यो कि भन्ने हो ।  अरुको हकमा त १० बुँदे सहमति छँदै छ नि !”

अध्यक्ष ओलीले साउन ४ गतेको केन्द्रीय कमिटी बैठकमा नेता नेपाललाई आफूले दोस्रो अध्यक्ष बन्न प्रस्ताव गरे पनि अस्वीकार गरेको व्रिफिङ गरेका थिए । 

नेता नेपालले आफू निकटका नेताहरुसँग आफूलाई अध्यक्ष पद नचाहिएको अरु नेतालाई अध्यक्ष बनाउने प्रस्ताव अघि सार्दै आएका थिए । 

नेता नेपालले दोस्रो अध्यक्ष भने प्रस्ताव इन्कार गरेपछि समान हैसियतको अध्यक्षको विषय उठेको हो । तर, ओली पक्षीय नेताहरु दुई अध्यक्षको व्यवस्था गर्दा पार्टीको विधि विधान विपरीत हुने बताउँदै आएका छन् । 

तर,दुई नेताहरुबीच संवाद भएमा एकता सम्भव भएको नेताहरुको भनाइ छ । 

ओली र नेपालबीच भेट हुने तयारी भएको भनिए पनि हालसम्म भेटको समय र स्थान तय भइसकेको छैन । 

भेटको वातावरण मिलाउने जिम्मेवारी विघटित कार्यदलका सदस्यहरुले लिएको नेता युवराज ज्ञवालीले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement