site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘मेरो अनर्गल प्रचार गरे, प्रत्यक्ष निर्वाचित सांसद मन्त्री बन्न नहुने हो र ?’

पोखरा । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले आफू र नेपाली कांग्रेस कास्कीको राजीनिति कमजोर बनाउने प्रयास भएको बताएका छन् । आइतबार एक प्रेस विज्ञप्तिमार्फत नवनियुक्तमन्त्री थापाले आफ्नो छवि धुमिल्याउनका लागि अनावश्यक भ्रम सिर्जना गर्न प्रतिपक्षी उद्धत रहेको बताएका छन् ।

साथै उनले पार्टीभित्रैबाट पनि आफूमाथि गुटगत रूपमा ‘आक्रमण’ भएको बताएका छन् । “पार्टीकै केही पदाधिकारीहरूले आफ्नो व्यक्तिगत स्वार्थका खातिर केन्द्रीय नेतृत्वलाई नै आक्षेप आउने गरी तथा महाधिवेशनलाई नै प्रभाव पार्ने गरि पार्टी नीति विपरित नै गुटगत रुपमा आक्रमण गर्न खोजिरहेको स्पष्ट नै छ,” उनले भनेका छन् ।

उनले आफ्नो क्षमता र पार्टीमा दिएको योगदानका आधारमा मुख्यमन्त्रीले आफूलाई मन्त्रीमा नियुक्त गरेको पनि जिकिर गरेका छन् । 

“नेपाली कांग्रेसको लागि मैले गरेको योगदान, प्रदेशसभा सदस्य निर्वाचित भएपछि सांसदको हैसियतमा संसदीय दलले दिएको जिम्मेवारीको पूर्ण सफल कार्यान्वयन, पछिल्लो समय गठबन्धनको सरकार निर्माणका बखत मैले खेलेको भूमिका लगायत म कानूनको विद्यार्थी भएको नाताले माननीय मुख्यमन्त्रीज्यूले मन्त्रिपरिषदको सदस्यमा कानुन, संचार तथा संसदीय मामिला मन्त्रिका रुपमा नियुक्त गर्नुभएको हो,” उनले भनेका छन् । 
    
गत शुक्रबार गण्डकीमा मन्त्रीपरिषद् विस्तार भएको थियो । कांग्रेसबाट डोबाटे विश्वकर्मालाई मन्त्री बनाउने तय भएको थियो । अन्तिम समयमा उनको नाम मन्त्री बन्ने सूचीबाट हटाइएपछि गण्डकीको मन्त्रिपरिषद्लाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन् । थापालाई मन्त्री नियुक्ति गरिएकोबारे पार्टीका पदाधिकारी शेखर कोइरालालेसमेत आपत्ति जनाएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  २१:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro