site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस महाधिवेशन निर्धारित मिति मै हुनुपर्छ : रामचन्द्र पौडेल
फाइल तस्बिर
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुनुपर्ने बताएका छन् । भक्तपुरको कौशलटारमा कांग्रेसका युवा नेता तथा लेखक गुरुराज घिमिरेको कविता सङ्ग्रह ‘मृत्युसँगको साक्षात्कार’ आज विमोचन गर्दै नेता पाैडेल निर्धारित मितिमा महाधिवेशन हुन नसके कांग्रेसको वैधानिकता गुम्ने खतरा हुने बताए । 

अहिले आफ्नो एकमात्र अर्जुन दृष्टि भनेकै निर्धारित महाधिवेशन गर्नु रहेकाे भन्दै उनले पार्टीलाई वैधानिकताबाट बचाउन र दर्ता नै खारेजी हुनबाट जोगाउन प्रतिनिधिमूलक ढङ्गले भएपनि महाधिवेशन गर्नुपर्नेे धारणा राखे । विधानले अप्ठ्यारो नपार्ने विषयलाई मिलाउदै जान सकिने उनको भनाइ थियो । 

कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसको आज बिहान बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र नेता पौडेलले निर्धारित मितिमै महाधिवेशन हुन्छ भने पनि आफूलाई भने आशंका लागेको बताए । उनले भने, “पार्टीको क्रियाशील सदस्यको विवाद अहिलेसम्म नमिलेको अवस्थामा निर्धारित मितिमै महाधिवेशन हुन्छ भन्ने विश्वास कसरी गर्ने ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  २१:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro