site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
रवि लामिछानेको अपिल– षड्यन्त्रविरुद्ध जुनसुकै तहमा जानुपरे पनि तयार रहनू
तस्बिर : सुनिल प्रधान/बाह्रखरी
SkywellSkywell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध भइरहेको 'षड्यन्त्र'विरुद्ध जुनसुकै तहमा जानु परे पनि तयार रहन अपिल गरेका छन् । 

आइतबार राति पार्टी कार्यालय वनस्थली पुगेका समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले आफ्ना लागि नभएर नयाँ जन्मिँदै गरेको आशालाई जोगाउन एक ठाउँमा उभिनुपर्ने बताए ।

Dabur Nepal
NIC Asia

"आम सर्वसाधारण दिदीबहिनी दाजुभाइहरूलाई यो तहको षड्यन्त्रका विरुद्ध जुनसुकै तहमा जानुपरे पनि न्यायका लागि सत्यका लागि तयार रहनका निम्ति म अपिल गर्न चाहन्छु । मेरा लागि होइन, व्यक्तिका रूपमा रवि लामिछानेलाई बचाउनुपर्दैन, तर नयाँ जन्मिँदै गरेको यो आशा यो भरोसालाई चाहिँ जोगाउनुपर्छ साथी हो," उनले भने ।

उनले आफू राजनीतिक र नैतिकरूपमा जुनसुकै ठाउँमा सत्यका लागि लड्न तयार रहेको पनि बताए । तर, षड्यन्त्र गरेर लडाउने प्रयास भए प्रतिवाद गर्ने उनको चेतावनी छ ।

"म सरकारलाई चेतावनीका साथ भन्न चाहन्छु, षड्यन्त्र गरेर समाउने होइन, षड्यन्त्र गरेर लडाउने होइन । ...आँट भए, हिम्मत भए आऊ, लैजाऊ, समाऊ । तर, मिडिया ट्रायल गरेर, हेडलाइन लेखाएर तर्साउन त सक्नुहुन्न मलाई, सक्दै सक्नुहुन्न," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro