राजनीति
पोखरा । गण्डकी प्रदेशमा केही समय अगाडिसम्म मन्त्री बन्ने करिब निश्चित भइरकेका डोबाटे विश्वकर्मा मन्त्री नबन्ने भएका छन् । डोबाटे विश्वकर्माको ठाउँमा कास्कीका विन्दुकुमार थापा मन्त्री बन्ने भएका छन् ।
पौडेल समूहबाट मन्त्रीका दाबेदार मानिएका विश्वकर्मा मन्त्री बन्ने निश्चित थियो । तर, सपथको केहीबेर अघि मात्र उनको ठाउँमा कास्कीका थापा मन्त्री बन्ने भएका हुन् ।
उनी सँगै स्याङ्जाका मेखलाल श्रेष्ठ र बागलुङका मणिभद्र शर्मा कँडेल मन्त्री बन्ने भएका छन् । कार्यविभाजन भने टुंगिएको छैन ।
प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८ १२:४०
प्रतिक्रिया दिनुहोस्