काठमाडौँ । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सैन्य पठाउनेमा नेपाल दोस्रो स्थानमा उक्लेको छ । राष्ट्रसंघको वेबसाइटमा उल्लेख भएअनुसार राष्ट्र संघमा ट्रुप र पुलिस सबैभन्दा धेरै सैन्य शान्ति सेनामा पठाउनेमा नेपाल दोस्रो भएको हो ।
नेपाल तेश्रो स्थानबाट दोश्रो स्थानमा उक्लिन सफल भएको हो । हाल नेपाल संयुक्त राष्ट्र संघको १२ वटा शान्ति स्थापनार्थ मिसनमा सहभागी रहेको जंगी अड्डाले जनाएको छ ।
विश्वका विभिन्न द्वन्द्वग्रस्त देशहरूमा राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ तैनाथ करिब १२१ राष्ट्रहरु मध्ये प्रथममा बंगलादेश (६५५४ जना) रहेको छ भने दोस्रो नेपाल (५५७१ जना) । तेस्रोमा भारत (५५२५ जना), चौथोमा ईथियोपिया (५४८८ जना) र पाँचौ रुवान्डा (५३३१ जना) रहेको छ ।