site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बार्सिलोनासँग नयाँ सम्झौता गर्न मेस्सी तयार 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

बीबीसी । बर्सिलोनाका कप्तान लियोनल मेस्सीको क्लबसँगको सम्झौता सकिएको छ । मेस्सी हाल फ्री एजेन्ट हुन् । उनलाई सम्झौता गर्न धेरै क्लब हाल आतुर छन् ।

बार्सिलोनासँग नयाँ सम्झौता नगरी कोपा अमेरिका खेल्न गएका मेस्सीले हालसम्म अरु क्लबसँग कुनै कुरा अगाडि बडाएका छैनन् । मेस्सीको सम्झौता सन् २०२६ सम्म थप गर्ने बताइएको छ । बार्सिलोनासँग मेस्सीको सम्झौता जुन ३० पछि सकिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौता गर्दै आधार तलब कटाउन सहमति जनाएको बीबीसीले लेखेको छ । ३४ वर्षीय मेस्सी अर्जेन्टिनाका लागि कोपा अमेरिका फुटबलको उपाधि जिताएसँगै हाल ‘होलिडे’मा छन् ।

बार्सिलोनाका अध्यक्ष जोवान लापोर्टाले मेस्सीलाई बार्सिलोनाले क्लबमै राख्ने हर प्रयास गरिरहेको बताएका छन् । बार्सिलोना हाल आर्थिक रुपमा कमजोर छ । मेस्सीलाई पूरै तलब दिएर राख्न खोज्दा बार्सिलोना घाटामा जानेछ ।

Global Ime bank

बार्सिलोनाले मेस्सीसँग नयाँ सम्झौता गर्नका लागि मात्र आफ्ना तीन खेलाडीलाई बेचिसकेको छ । जसमा जनियर फ्रिपो, कार्लस एलियन र किलियर टोडिबोलाई बेचिसकेको छ । क्लबका फिलिपे कौन्टिन्होलाई बेच्न बार्सिलोनाले प्रयास गरिरहेको छ ।

मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी) र प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी जाने चर्चा थियो । तर, मेस्सीले बार्सिलोनासँग नै नयाँ सम्झौता गर्ने भएका हुन् ।

बार्सिलोनाका लागि मेस्सीले ६७२ गोल गरेका छन् । उनले क्लबलाई १० ला लिगा, चार च्याम्पियन्स लिग र ७ कोपा डेल रेको उपाधि जिताइसकेका छन् । मेस्सी सर्वाधिक ६ पटक बालोनडी’ओर जित्ने एक मात्र खेलाडी पनि हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय