site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
असार मसान्तमा बढ्यो बैंकिङ प्रणालीमा तरलता
फाइल तस्बिर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । आर्थिक वर्षको अन्त्यतिर आउँदा बैंकिङ प्रणालीमा तरलता केही सहज अवस्थामा पुगेको छ । असार २८ गते बैंकिङ प्रणालीमा  ८७ अर्ब तरलता रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् ।

आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले बजेट खर्च बढाएसँगै बैंकिङ प्रणालीमा पनि तरलता सहज अवस्थामा पुगेको हो । यद्यपि गत आर्थिक वर्षको अन्त्यमा २ खर्ब भन्दा बढी तरलता रहेको बैंकिङ प्रणाली यो वर्ष खासै तरलता बढ्ने सकेन ।

वैशाखको मध्येबाट सुरु भएको करिब डेढ महिनाको निषेधाज्ञा र त्यसपछि पनि बैंकहरूले क्लोजिङलाई मध्येनजर गर्दै लगानीकर्तालाई प्राथमिकतामा नराख्दा पनि बैंकिङ प्रणालीमा उल्लेख्य रूपमा तरलता बढ्न सकेन । आर्थिक वर्षको अन्त्यमा आयकर तिर्नुपर्ने भएकाले साउन पहिलो साता प्रणालीमा भएको तरलता थप घट्न सक्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अर्कोतर्फ नयाँ सरकार आएको र ओली सरकारले अध्यादेशबाट ल्याएको बजेट कार्यान्वयन हुने नहुने अन्यौलको अवस्थामा अब  साउनबाट नै बजेट खर्च भएर तरलता बढ्ने अवस्था छैन ।

त्यस्तै कोभिडको भ्याक्सिन धमाधम आइरहेको अवस्था छ भने अब विस्तारै चार्डपर्वका लागि आयात बढ्ने हुँदा साउनबाट नै कर्जाको माग बढ्नसक्ने भएकाले अगामी आर्थिक वर्षको कोभिडपछिको आर्थिक पुनरुउत्थानका लागि आवश्यक तरलता व्यवस्थापन चुनौतीपूर्ण हुने अवस्था देखिन्छ ।

Royal Enfield Island Ad

नागरिकले धमाधम भ्याक्सिन लगाउँदै गएको अवस्थामा अब आर्थिक गतिविधि बढ्दै जाँदा आर्थिक पुनरुउत्थानका लागि आवश्यक तरलता बैंकिङ प्रणालीमा अभाव हुने त हैन भन्ने आशंका देखिएको छ ।

जसले गर्दा बैंकरदेखि उद्योगी व्यवसायीले पनि आगामी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले तरलता बढाउनेमा केन्द्रित हुनुपर्ने सुझाव दिइरहेका छन् । चालु मौद्रिक नीतिले नै अनिवार्य नगद मौज्दात घटाउनेदेखि सीसीडी बढाएर बजारमा तरलता बढाउने नीति लिएको राष्ट्र बैंकलाई आगामी आर्थिक वर्षमा भने वित्तीय स्थायित्वका लागि थप चुनौतीको समान गर्नुपर्ने देखिन्छ ।

करिब १ खर्ब पुनर्कर्जा दिनेसक्ने अवस्थामा राष्ट्र बैंक छ । तर  सरकारले समयमा बजेट खर्च गरेर बजारमा नगद प्रवाह बढाउन सकेन भने बैंकिङ प्रणालीलाई केही दबाव पर्ने निश्चित छ । असार १ गतेबाट नै निक्षेपको ब्याजदर बढाएका बैंकहरूले निक्षेप तान्नका लागि थप ब्याजदर बढाउने अवस्था छ । प्रणालीमा केही तरलता बढेपनि अहिले पनि बैंकहररूले राष्ट्र बैंकबाट ५ प्रतिशत ब्याजदरमा ‘एसएलएफ’ लिइरहेका छन् ।  गत शुक्रबारसम्म पनि बैंकहरूले १५ अर्ब भन्दा माथि ‘एसएलएफ’ रहेको थियो ।

असार मसान्तमा बैंकहरूको औसत सीसिसिडी रेसियो ७८.०७ प्रतिशत रहेको छ । यस्तै सोमबारको बैंकहरूको औसत अन्तर बैंक ब्याजदर २.१४ प्रतिशत रहेको प्रवक्ता ढकालले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro