site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘योग कोरोना संक्रमितलाई समेत उपयोगी’
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । योगगुरु अर्जुन रखालमगर कोभिड–१९ संक्रमित चिकित्सकहरुलाई निःशुल्क योग तथा प्राणायाम सिकाइरहेका छन् । योगमान्डुको सम्पर्कमा आएर योग सिक्न चाहने संक्रमित चिकित्सकलाई उनीलगायतले योग सिकाइरहेका हुन् ।

योगगुरु मगरले गत वर्ष र यसपटक गरी २६ जनालाई योग तथा प्रणायाम सिकाइसकेका छन् । कोरोना संक्रमितलाई किन योग ? भन्ने प्रश्नमा उनी भन्छन्, “योग विद्या शारीरिक र मानसिक स्वास्थ्यको लागि फाइदाकारी छ । कोरोना संक्रमित डाक्टरलाई योग गर्दा नेगेटिभ रिजल्ट ६ दिनमै आएको छ ।” धेरै शारीरिक कसरत पर्ने योग नगराई श्वासप्रश्वासलाई जोड दिने प्राणायाम गराउँदा संक्रमित छिट्टै स्वस्थ हुुने गरेको उनको भनाइ छ ।

उनले चितवनमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना संक्रमितलाई छुट्टै ब्लक स्थापना गरेर उपचार गरिएको स्मरण गर्दै भने, “उनीहरुले त्यहाँ जीवनपद्धतिमा मात्र परिवर्तन गरे । मासु खान दिएनन् । योग अभ्यास गराए, जसले रोग प्रतिरोधात्मक क्षमता बढायो ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले थपे, “योग अभ्यासले मात्र कोरोना ठिक पार्छ भन्ने होइन । तर, जसले योग अभ्यास गरिरहेको छ, उसमा सकारात्मक नतिजा देखिएको छ,”

भर्चुअलबाट उनी एकपटक एक संक्रमितलाई मात्र योग अभ्यास गराउँछन् । उनी भन्छन्, “संक्रमित सबैको अवस्था एउटै छैन । फेरि योग अभ्यास गलत गर्‍यो भने त्यसको परिणाम नराम्रो हुन्छ ।”

Royal Enfield Island Ad

उनका अनुसार योगका प्रकार धेरै छन् । सनातन हथ योग, तन्त्र योग, मन्त्र योग, भक्ति योग, लय योग आदि । उनले आफैँले पनि योगको विभिन्न तालिम र प्राज्ञिक ज्ञान लिएका छन् । सुरुमा पतञ्जलिको योग सिकेका उनले पछि सीटीईभीटीको योग शिक्षाको ६ महिने तालिम लिए ।

यस्तै, उनले वाल्मीकि विद्यापिठबाट योग तथा प्राकृतिक चिकित्सा प्रशिक्षण लिएका छन् । उनले अमेरिकाको दुई सय घण्टा र पाँच सय घण्टाको योगको एड्भान्स कोर्स पनि गरेका छन् ।

सात वर्षदेखि उनले विभिन्न ठाउँमा योगको प्रशिक्षण दिइरहेका छन् । लकडाउन भएदेखि अनलाइनमा योग सिकाइरहेका छन् । उनका अनुसार सूर्य नमस्कार, अंग व्यायाम र शरीर स्टेचिङ गर्दा मेरुदण्ड सक्रिए हुन्छ । यस्तै, नाडी सोधन प्राणायाम, सितकारी प्राणायाम, सूर्य चन्द्र भेदना प्राणायामले मस्तिष्क अलर्ट गराउनुका साथै तनाव र हाइपरटेन्सका बिरामीलाई समेत उपयागी, दिमाग र शरीर शान्त बनाउँछ ।

पश्चिममा मुलुक विशेषगरी अमेरिकामा योगको व्यापार व्यापक फस्टाएको छ । सन् २०१४ को हफपोस्टको रिपोर्टअनुसार योगको उद्योग विश्वव्यापी २७ बिलियन डलरको रहेको छ । जहाँ २० मिलियनले नियमित अभ्यास गर्छन् । ‘मर्डर मिष्टी’की हिरोइन जेनिफर एनिस्टन, ‘नोटबुक’का हिरो रायन गोस्लिङ, गायिका केटी पेरी, पूर्वफुटबलर डेभिड बेकह्याम केही चर्चित सेलिब्रिटी नाम हुन्, जसले नियमित योग अभ्यास गर्छन् ।

थुप्रै भारतीय कलाकारहरुले पनि शरीर र मस्तिष्क तन्दुरुस्त राख्न नियमित योग अभ्यास गर्ने गरेको देखिन्छ । युट्युब हेरेको भरमा योग अभ्यास नगर्न योगगुरु मगर आग्रह गर्छन् । उनी भन्छन्, “सूर्य नमस्कार मात्रै ठिक तरिकाले गर्‍यो भने त्यसको फाइदा अनेक छ । तर, गलत गर्‍यो भने कम्मर दुख्ने रोग भित्रिन्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २७, २०७८  ०५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro