site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाढीका कारण अवरुद्ध भएकाे मध्यपहाडी लोकमार्ग सञ्चालनमा
फाइल तस्बिर
Siddhartha BankSiddhartha Bank

पर्वत । पर्वतको कुश्मा नगरपालिका– ८ को सुन्दरेखोलामा आएको बाढीले क्षत्विक्षत बनाएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालन भएको छ । केहीबेरअघिदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

दिउँसोदेखि मौसम सुधार आएसँगै खोलाको बहाव कम भएपछि मर्मत गरी राजमार्ग एकतर्फी खुलाइएको हो । मध्यपहाडीसँगै क्षत्विक्षत भएको दोबिल्ला–फलेबास सडकखण्ड भने सञ्चालनमा आएको छैन । उक्त सडकको करिब १ सय मिटर भागसम्म ठुल्ठूला ढुङ्गा रहेको र ती ढुङ्गा ब्रेकर लगाएर फुटाउनुपर्ने भएकाले अझै समय लाग्ने प्रहरीले जनाएको छ ।

Agni Group
NIC Asia

जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काका अनुसार भत्किएको राजमार्गको कुनापट्टिबाट अस्थायी सामान्य बाटो खनेर राजमार्ग खुलाइएको हो । “हिजो रातिदेखिका सवारी बन्द भएकाले एकतर्फी खुलाएर वारपार गर्न दिइएको हो”, खड्काले भने, “दुइतर्फी खुलाउन अझै समय लाग्छ ।”

खोलाले ल्याएका ठुल्ठूला ढुङ्गा हटाएर दोहोरो सवारी सञ्चालन हुने गरी सडक मर्मत गर्न समय लाग्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । “गाडी एकतर्फी भए पनि चलाइयो”, आयोजनाका सूचना अधिकारी उज्वल शर्माले भने, “बर्खामा व्यवस्थित हुने सम्भावना छैन । एक हप्ताभित्र दुईतर्फी सञ्चालन गर्न सकिएला ।” 

Global Ime bank

सडक निर्माण कम्पनीको मुख्य इञ्जिनियरसहित गाडी बगाएकाले अहिले नै सडकको सहज रूपमा सञ्चालनबारे भन्न नसकिने उनकाे भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २३, २०७८  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय