देश
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका सातधारेमा आज स्थानीय हवारखोलाले बगाउँदा ६५ वर्षीय वृद्धाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार खोलाले बगाएर बेल्टार, मदनचोकका गुमशेर राईको मृत्यु भएको हो । बिहान १०ः०० बजेतिर अर्काे गाउँ जान खोला तर्ने क्रममा बाढीले राईलाई बगाएको थियो ।
घटना घटेलगत्तै इलाका प्रहरी बेल्टार र स्थानीयवासीले खोजीका क्रममा बगाएको स्थानभन्दा २०० मिटर तल मृतावस्थामा शव फेला परेको र शवलाई अहिले परीक्षणका लागि बेल्टार अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए । रासस
प्रकाशित मिति: शनिबार, असार १९, २०७८ १५:०६
प्रतिक्रिया दिनुहोस्