देश
![राजश्व कार्यालय धनुषाका कर अधिकृतविरुद्ध डेढ लाख घुस लिएको अभियोगमा मुद्दा दायर](https://12khari.top/uploads/posts/Akhtiyar1618245059.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख ५० हजार घुस लिएको अभियोगमा आन्तरिक राजश्व कार्यालय धनुषाका कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार कर अधिकृत ढकालले सेवाग्राहीसँग अन्तःशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि घुस माग गरेको सूचनाका आधारमा आयोगको कार्यालय, बर्दिबासबाट गएको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार कर अधिकृत ढकाल विरुद्ध बिगो बमोजिम कारवाहीको माग गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८ २०:१३
प्रतिक्रिया दिनुहोस्