site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
क्रोएसिया नकआउट चरणमा 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । क्रोएसिया १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्रोएसिया समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
 
मंगलबार राति भएको खेलमा स्कटल्यान्डमाथि ३–१ गोलको जित निकालेको हो । समूह चरणको अन्तिम खेलमा जित निकाल्दै क्रोएसिया समूह उपविजबेता बनेको हो ।

ह्याम्पडेन पार्कमा भएको खेलमा क्रोएसियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक–एक गोल गरे । स्कटल्यान्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए ।

Agni Group
NIC Asia

क्रोएसियाका लागि खेलको १७ औं मिनेटमा निकोलाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा कलुमले गोल गर्दै स्कटल्यान्डलाई १–१ गोलको बराबरीमा फर्काए । 

खेलको ६२ औं मिनेटमा कप्तान मोड्रिचले गोल गर्दै क्रोएसियाको अग्रता दोब्बर पारे । ७७ औं मिनेटमा पेरिसिचले गोल गर्दै क्रोएसियालाई ३–१ को जित दिलाए ।

Global Ime bank

जितसँगै समूह ‘डी’ को क्रोएसियाले ३ खेलबाट ४ अंक जोड्यो । स्कटल्यान्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ९, २०७८  ०८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय