site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश १ सरकार तस्करको घेराबन्दीबाट र मन्त्रीहरू आफ्नो वडाबाहिर निस्कनै सकेनन् : कांग्रेस
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्किले प्रदेश सरकारका मन्त्रीहरू नै कमिसनको सेटिङमा लिप्त हुँदा सरकारप्रतिको विश्वास क्षिण हुँदै गएको आरोप लगाएका छन् । आइतबार नेपाल प्रेस युनियन ओखलढुंगाले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले प्रदेश सरकार तस्करहरूको घेराबन्दीबाट बाहिर निस्कनै नसकेको आरोप लगाएका हुन ।

उनले भने, “घेराबन्दीमा रहेर विकास निर्माण, कोभिड नियन्त्रण स्वास्थ्य सामग्री र औषधि खरिदमा ठूलो अनियमितता भएको छ । खोपको समानुपातिक वितरण हुन सकेको छैन । कात्रो किन्नसमेत सेटिङ मिलाएर कमिसनको चक्करमा लागेको देखिन्छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले प्रदेश १ आर्थिक, सामाजिक, भौगोलिक, पर्यटकीय, धार्मिक, जातीय तथा भाषिक हिसाबले देशकै एक नम्बरमा आउने सम्भावना बोकेको भएपनि सरकारको कार्यशैलीले सम्भावना कमजोर भएको बताए । 
 
सरकारमा रहेको दलभित्र एक समूहले अर्कोलाई पाखा लगाएर चलखेलमा विकाससँग सम्बन्धित ठेक्कापट्टा दिने गरेको बताउँदै उनले भने, “मुख्यमन्त्री जनताको सेवकभन्दा पनि शासक बन्न थालेकाले धेरै कार्यक्रम मुख्यमन्त्रीका नाममा ल्याइएको छ । आफूनिकटका कार्यकर्ताको भरपोषणमा केन्द्रित हुनेगरी आएका कार्यक्रमले जनताको जनजीविकामा फरक परेको छैन ।” 

उनले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटसमेत भैँसीलाई एकमुठ्ठी चामल दिएर अघाउन लगाएको जस्तो भएको भन्दै टिप्पणी गरे । 

Global Ime bank

प्रदेश नम्त्रर १ का भौतिक पूर्वाधार मन्त्री आफ्नो वडामा अल्मलिएको भन्दै कार्कीले मन्त्रीले प्रदेशभित्र अरू जिल्ला र आफ्नै जिल्लामासमेत अन्य स्थानीय तह तथा वडाहरू छन् भन्ने हेक्का नराखेको पाइएको आरोप लगाए । “प्रदेशका मन्त्रीहरू आफ्नै वडाहरूमा अल्मलिने हो भने त्यस्ता मन्त्रीले सिङ्गो प्रदेशको नेतृत्व कसरी गर्छन् । विकास र बजेट आफ्नो वडामा खन्याउनेले प्रदेशको वृहत्तर विकासबारे सोच्न सक्लान ?,” उनले प्रश्न गर्दै भने ।

कार्कीले वडामात्र सीमित हुने मन्त्रीलाई वडाको अध्यक्ष भएर बस्न सुझाव दिए ।

अहिलेसम्म प्रदेशको नामाकरण गर्न नसकेको सरकारले प्रदेशका जनताको भावना बुझनु नसक्ने र एमालेभित्रकै आन्तरिक कलहलाई व्यवस्थापन गर्न नसक्दा बहुमतको प्रदेश सरकार केही समयभित्रै समाप्त हुने उनको दाबी छ । 

कांग्रेस राजनीतिबारे बोल्दै उनले भदौ १९ सम्ममा नेपाली कांग्रेसको चौधौँ महाधिवेशन अनिवार्य गर्नुपर्ने भएकाले लोकतन्त्र र पर्टीलाई सशक्त बनाउने नेतृत्वको खोजी भइरहेको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC