site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बाढीपहिरोले जलविद्युत आयोजनामा १० अर्बको क्षति, सम्पन्न चरणमा रहेको प्रसारणलाइन पनि प्रभावित
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले जलविद्युत दर्जन बढी विद्युत आयोजना प्रभावित भएका छन् । बाढीका कारण विद्युत आयोजनामा मात्रै करिब १० अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान उत्पादकहरूले गरेका छन् । 

बाढीका कारण विद्युत उत्पादन गरिरहेका र निर्माणाधीन आयोजनामा क्षति पुगेको छ । निजी क्षेत्रबाट सञ्चालित विद्युत आयोजनाहरू बढी प्रभावित भएका छन् । हालसम्म प्राप्त विवरण अनुसार करिब १६ वटा विद्युत आयोजनामा क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष कृष्ण आचार्यले बताए । आर्थिक क्षतिको यकिन मूल्याङ्कन हुन नसकेपछि १० अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको उनले बताए ।

दोर्दी करिडोर, मादी करिडोर र मोदी करिडोरमा रहेका निर्माणाधीन एवम् सञ्चालनमा रहेका आयोजनाको उत्पादन रोकिएको उनले बताए । उनकाअनुसार बाढीले सबैभन्दा बढी मादी करिडोर र दोर्दी करिडोरका विद्युत आयोजनामा क्षति पुगेको छ । मादी करिडोरमा निर्माणाधीन दुईवटा परियोजनामा निकै क्षति पुगेको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रभावित आयोजनामा अझैसम्म प्राविधिक पुग्न नसक्दा क्षतिको एकिन विवरण गर्न नसकिएको उनले बताए । “१५।१६ वटा निर्माणाधीन र विद्युत उत्पादन गरिरहेको आयोजना प्रभावित भएका छन् । हामीले १० अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरेका छौँ,” उनले भने ।

वाग्मती र गण्डकी प्रदेशमा रहेका विद्युत आयोजनाहरू बाढीबाट प्रभावित भएका छन् । आयोजनामा भएको क्षतिको विवरण आउन अझै केही दिन लाग्ने उनले बताए ।

Global Ime bank

बाढी कारण कतिपय जलविद्युतगृहको बाँध भत्किएका छन् भने कतिपय आयोजनामा बाढीले बगाएर ल्याएको माटा, काठका टुक्राले बाँध क्षेत्रका संरचना पुरेको आयोजना प्रवद्र्धकहरूले बताएका छन् ।

बाढीले ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ मा निकै क्षति पुर्‍याएको बताइएको छ । यस्तै निर्माणाधीन ४० मेगावाटको सुपर मादी, सञ्चालनमा रहेका २५ मेगावाटको माथिल्लो मादी, १२ मेगावाटको नामार्जुन मादी, १३ मेगावाटको मद्क्यु खोलालगायत जलविद्युत आयोजनामा बढी क्षति पुगेको बताइएको छ ।

यता, बाढीका कारण निर्माणको अन्तिम चरणमा रहेको प्रसारणलाइनमा पनि क्षति पुगेको छ । विद्युत प्राधिकरणका प्रवक्ता मदन तिम्सेनाका अनुसार दोर्दी करिडोरको १३२ केभी प्रसारणलाइन बाढीका कारण प्रभावित भएको छ । यो प्रसारणलाइनको चारवटा टावर ढलेका छन् भने ५–६ वटा टावर पनि जोखिम अवस्थामा रहेको उनले बताए । यो निर्माण सम्पन्न हुन लागेको आयोजना थियो । बाढीका कारण आयोजना सम्पन्न हुन थप समय लाग्ने भएको छ ।

उनले वाग्मती र गण्डकी प्रदेशमा बढी विद्युतका पोलहरू ढलेको बताए । सोही कारण केही क्षेत्रमा विद्युत अवरुद्ध भएको पनि उनले बताए । स्थानीय रूपमा ममर्त गरेर विद्युत आपूर्ती सञ्चालन गरिएको पनि उनले बताए ।

असार १, २ र ३ गतेसम्म झण्डै साढे पाँचसय मेगावाट विद्युत अवरुद्ध भएको थियो । प्रवक्ता तिम्सेनाका अनुसार प्राधिकरणको मात्रै झण्डै ४ सय र १–२ सय मेगावाट बाँकी निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत अवरुद्ध भएको थियो । तर, अहिले ती अवरुद्ध भएका आयोजनाबाट पनि विद्युत उत्पादन सुरु भइसकेको उनले जानकारी दिए । 

बाढीका कारण कालिगण्डकी, मस्र्याङ्दी, मध्य मस्र्याङ्दी, माथिल्लो त्रिसुली थ्री ए, चमेलिया, मोदी, सुनकोशी आयोजना तीन दिन पूर्ण रूपमा बन्दै भएका थिए भने केही आंशिक रूपमा बन्द भएका थिए । यी आयोजना ४ असार गतेदेखि भने सञ्चालनमा आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय