site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दोस्रो पटकको प्रतिनिधिसभा विघटनपछि कांग्रेसमा एकमत
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई बलियो बनाएर अघि बढ्ने तयारी गरेको छ । कांग्रेस केन्द्रीय समिति बैठकमा कम्युनिष्टसँग विना छलफल सहकार्य गरेको र पार्टीका गतिविधि भन्दा गठबन्धनका गतिविधि धेरै देखिएको भन्दै प्रश्न उठेपछि सभापति देउवालाई समझदारी गरी नेताहरुलाई विश्वासमा लिएर अपिघ बढ्न पौडेलले सुझाएका थिए । त्यही सुझावका आधारमा सभापति देउवाले दिउँसो १ बजेका लागि बोलाएको केन्द्रीय समिति बैठक अघि पदाधकारी र वरिष्ठ नेताहरुसँग आफ्नै कार्यकक्षमा छलफल गरेका थिए । छलफलबाट यही गठबन्धनलाई बलियो बनाएर अघि बढ्ने समझदारी भएको हो । 

वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार अनौपचारिक छलफलमा राष्ट्रिय राजनीतिका विषयमा महत्वपूर्ण समझदारी बनेको छ ।

उनका अनुसार राजनीतिक रुपमा कता लाग्ने भन्ने विगतको अन्योल टुंगिएको छ र अव विपक्षी गठबन्धनलाई बलियो बनाएरअघि बढ्ने समझदारी कायम भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

छलफलको निस्कर्षबारे पौडेलले भने, “अब यही गठबन्धनलाई बलियो बनाएर अघि बढ्ने विषयमा समझदारी भएको छ ।” 

अघिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभिा विघटन गर्दा कांग्रेस विभाजित अवस्थामा थियो । पौडेल विघटनका विरुद्ध पार्टी बलियोसँग उभिनुपर्ने पक्षमा थिए भने देउवा चुनावलाई अवसरका रुपमा उपयोग गर्नुपर्छ भन्ने पक्षमा थिए ।

Global Ime bank

पौडेलको जोडबलमा कांग्रेस ओलीको कदम असंवैधानिक भनेर निर्णय गरी आन्दोलन त घोषणा गथ्र्यो तर, सभापति देउवा र उनीपक्षीय नेताहरु स्थानीय स्तरका कार्यकर्तालाई चुनावको तयारीमा लाग्नुस भनिरहेका हुन्थे । 

प्रधानमन्त्रीको कदमका विषयमा दुइधारमा विभाजित भएको कांग्रेस ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्दा भने एकमत भएको छ । सभापति देउवा स्वयम् रिट निवेदक भएर प्रतिनिधिसभा विघटनका विरुद्ध न्याय माग्दै सर्वोच्च अदालत पुगेका छन् भने पौडेलसहितका नेताहरु प्रतिनिधिसभा पुनस्र्थापनाका पक्षको पुरानै अडानमा कायम छन् । त्यसैले विगतमा जस्तो राष्ट्रिय राजनीतिका विषयमा कांग्रेस विभाजित छैन । 

बिहीबारको बैठकमा कांग्रेस नेता महेश आचार्यले कम्युनिष्टहरुसँग गठबन्धन बनाएर गठबन्धनकै तर्फबाट गतिविधि संचालन गर्दा पार्टीमा छलफल गर्नुपर्दैन भन्दै प्रश्न उठाएका थिए । जवाफमा देउवाले विगतमा उनै मधव नेपालसँग उनै प्रचण्डसँग मिलेर सकार बनाउनु हुने अहिले प्रतिगामी र संविधान विरोधी प्रधानमनत्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीका कदमविरुद्ध सहकार्य गर्न पनि नहुने भन्दै प्रतिप्रश्न गरेका थिए । त्यसपछि आचार्यले सहकार्य गर्नु हुँन्छ हुँदैन भन्ने प्रश्न भन्दा पार्टीलाई त्यसबारे जानकारी हुनुपर्छ पर्दैन भन्ने कुरा महत्वपूर्ण भएको बताएका थिए । 

देउवाका अहिलेका तर्कलाई पौडेल–कोइराला पक्षका केन्द्रीय सदस्यहरु भने युटर्न भएको संज्ञा दिन्छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  ०४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC