site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मनसुनजन्य विपद्मा परी १७ जनाको मृत्यु
Ghorahi CementGhorahi Cement

काठमाडौं । मनसुनजन्य विपद्मा परेर पछिल्लो एक सातामा १७ व्यक्तिको मृत्यु भएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता १० पुरुष, चार महिला, दुई बालक र एक बालिकाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकका तीन, डोटीका तीन, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालीकोट, बाजुरा, बझाङ र प्युठानका एक/एकजना रहेका छन् ।

Agni Group

यस्तै, बाढी, पहिरो र डुबानमा परी १७ जना घाइते भएका छन् । घाइतेमध्ये १० पुरुष, चार महिला, एक बालक र दुई बालिका रहेका छन् ।

बाढी, पहिरोमा परी अहिलेसम्म २२ बेपत्ता भएका छन् । जसमध्ये १५ पुरुष, पाँच महिला र दुई बालक छन् । उनीहरूमध्ये सिन्धुपाल्चोकका मात्रै २० र बाजुरामा एक र रुपन्देहीमा एकजना छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Global Ime bank

बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४, सल्यानमा आठ, दाङका चार र कञ्चनपुरकातीन गरी १०९ जनाको उद्धार गरिएको छ । उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी उद्धारमा सक्रिय रूपमा संलग्न छन् ।

बाढी–पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर–परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, अवरोध सडक हटाउने काम जारी रहेको  छ ।

गएको वैशाखयता भने विपद्जन्य घटनामा ७१ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् । ती घटनाबाट ४१ करोड बढीको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC