site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अप्पर इङ्गवा जलविद्युत आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी
Sarbottam CementSarbottam Cement

काठमाडौं । बैंक अफ काठमाण्डूले अप्पर इङ्गवा जलविद्युत आयोजनामा एकल लगानी गर्ने भएको छ । बैंक र इङ्गवा जलविद्युत लिमिटेडबीच अप्पर इङ्गवा जलविद्युत आयोजनामा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा जेठ ३१ मा हस्ताक्षर भएको हो । 

९.७ मेगावाट उत्पादन क्षमता रहेको यो आयोजनाको अनुमानित खर्च १ अर्ब ९५ करोड रहेको छ । इङ्गवा जलविद्युत लिमिटेडले ताप्लेजुङ र पाँचथर जिल्लाको याङबाराक र सिदिङबा गाउँपालिकामा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आयोजनामा कुल लागतको ७५ प्रतिशत बैंक कर्जा वापतको लगानी रहनेछ भने बाँकी २५ प्रतिशत इङ्गवा जलविद्युत लिमिटेडको लगानी रहनेछ । आयोजना पूरा भएपछि उत्पादित विद्युत अमरपुर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक १६ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन कम्पनी आफैँले निर्माण गर्नेछ । साथै कर्जा लगानी पश्चात् यस जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसीमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको जनाएको छ ।

बैंक उर्जा क्षेत्रहरु (सौर्य तथा जलविद्युत) को बिकासको लागि बैंकिङ्ग क्षेत्रबाट लगानी गर्ने पहिलो बैंक रहेको र विभिन्न ३७ वटा परियोजनामा लगानी गरिसकेको जनाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  २२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC