काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य एवम् प्रदेश २ का संयोजक बैजनाथ बाबा यादवको परिवारलाई नेपाल लोकतान्त्रिक खेलकुद संघको तर्फबाट संकलित रकम शुक्रबार हस्तान्तरण गरिएकाे छ ।
संघका केन्द्रिय उपाध्यक्ष बृजेन्द्र हमालले यादवको परिवारलाई केन्द्रिय सदस्यहरू, जाग्मती प्रदेशका सदस्यहरूबाट संकलित १ लाखको चेक हस्तान्तरण गरे ।
स्वर्गिय यादव परिवारको सहयोगका लागि अन्य रकम पनि संकलन भइरहेको र संकलित बाँकी रकम कोभिड १९ को सहजता पश्चात जनकपुरमा नै उपस्थित भई परिवारलाई हस्तान्तरण गरिने भएको छ ।
क्योकुसिन करातेका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका जनकपुर निवासी यादवको कोभिड १९ का कारण जेठ २ गते बीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।