site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश २ को प्रदेशसभामा एमाले सांसदको प्रश्न : ट्याक्टर बाँडेर उत्पादन बढ्छ ?
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । नेकपा एमालेका सांसद गोविन्द न्यौपानेले ट्याक्टर बाँडेर किसानको उत्पादन नबढ्ने टिप्पणी गरेका छन् । आइतबार प्रदेशसभामा भइरहेको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद न्यौपानेले सरकारले कार्यकर्ता पाल्ने योजना मात्रै ल्याएको भन्दै ट्याक्टर बाँडेर मात्रै किसानको उत्पादन बढ्छ भन्ने प्रश्न गरेका हुन् । 

सरकारले कार्यकर्तामुखी योजनालाई बढी प्राथमिकता दिने गरेको उनले बताए । “सरकारले ट्याक्टर र प्रान्तीय बस चलाएर समृद्धि हासिल ल्याउन खोजेको हो कि कमिसन खान खोजेको हो ?, “उनले भने, “तपाईंलाई थाहा छैन । काठमाडौं र बिहारमा साझा बस फेलियर भएको । निजी बससँग कसरी प्रतिस्पर्धा गर्न सक्छौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेशको आवश्यकताको पहिचान गरेर योजना नल्याइएको भन्दै उनले कमिसन खाने हिसाबले योजना राखिएको दाबी गरे । नीति तथा कार्यक्रम कार्यन्व्यनमा पनि उनले शंका व्यक्त गरे । 

उनले किसानको लागि सिजन र ठाउँ अनुसारको योजना समेटन नसकेको भन्दै कृषिको खस्किदो अवस्थाले भोकमरी सिर्जना गर्नसक्नेतर्फ सचेत गराए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC