काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले काठमाडौंमा विश्व रक्तदान दिवसका अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ । शान्ति समाजको काठमाडौं शाखामा रक्तदान गरिने भएको हो ।
निषेधाज्ञाका कारण काठमाडौंलगायत देशभर रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रण गर्दै आएको शान्ति समाज काठमाडौं शाखाका सचिव ईश्वर पुडासैनीले जानकारी दिए । ‘‘स्वास्थ्य केन्द्रमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम राखेका छौँ । जेठ ३१ गते सोमबार दक्षिण ढोका शान्ति बाटिकामा हुनेछ । बिहान १० बजेदेखि १ बजेसम्म सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तरिकाले कार्यक्रममा सहभागी हुन अनुरोध छ,” उनले भने ।
यसअघि, शान्ति समाजले नयाँबस्ती युवा क्लबमा रक्तदान कार्यक्रम गरेर रगतको अभाव भएका स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको थियो ।