खेल
काठमाडौं । युरोकप फुटबलअन्तर्गत डेनमार्क र फिनल्यान्डबीचको शनिबारको खेल रद्द भएको छ । डेनमार्कको कोपनहेगनमा भएको १६औँ संस्करणको दोस्रो खेल रद्द भएको हो ।
खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन बेहोस भएर लडेपछि खेल रद्द गरिएको हो । खेलको ४३औँ मिनेटमा एरिक्सन बेहोस भएर मैदानमा ढलेका थिए ।
उक्त खेल गोलरहित बराबरीको अवस्थामा छ ।
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८ २३:०७
प्रतिक्रिया दिनुहोस्