साहित्य
दुबै हात नहुनेलाई यस्तो उपहार आउँछ...
राम्रोसँग बजाउनु भन्दै गितार आउँछ।।
राम्रो काम भुलेर पनि नगर्नु होला हजुर...
यो नेपाल हो हजुरलाई कारागार आउँछ।।
पुरै घर बन्ने राहत आउँछ अनुदानमा हेर्नुस्...
फाटेको त्रिपाल बोकेर मेरो सरकार आउँछ ।।
अकालमै मरेका छन दुर्गममा खान नपाएर...
उता खाद्यान्न कुहियो भन्ने समाचार आउँछ।।
जिन्दगी खोज्दा खोज्दै सकिन्छ ज़िन्दगी ...
बल्छीमा उनिएर यौटा जिन्दगी किनार आउँछ।।
तिलक भट्टराई “अन्जान”
सुनवल १२ भुमही, नवलपरासी
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८ १२:३७
प्रतिक्रिया दिनुहोस्