site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वाग्मती प्रदेशसभामा कांग्रेस सांसद वैद्यले दिए प्रधानमन्त्रीलाई 'धम्की', कडा कारबाही गर्न माग 
Sarbottam CementSarbottam Cement

काठमाडौं । वाग्मती प्रदेशका कांग्रेस सांसद् नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका छन् । शुक्रबारको प्रदेशसभा बैठकमा उनले आफू प्रधानमन्त्री ओलीविरूद्ध नाथुराम गोड्से बन्न तयार रहेको बताएका हुन् ।

नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“प्रधानमन्त्री ओलीले आफ्नो सत्ता बचाउन जे कुरामा पनि सम्झौता गरिराखेको छ, यो समयमा यदि खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने देशै खाइदिन्छ है ! त्यसैले मेरो आग्रह यो देश बचाउन नाथुराम गोड्से आवश्यक पर्‍यो । कोही थाथुराम गोड्से बन्न तयार छैन भने मै बन्दिन्छु,” वैद्यले भने ।

उनले नागरिकताको विषयमा सरकारमा बसेपछि ‘लम्पसारवाद’ बन्ने प्रवृत्ति देखिएको बताए । प्रधानमन्त्री विरुद्ध वैद्यको अभिव्यक्तिको नेताहरूले आलोचना गर्दै कडा कारबाही गर्न माग गरेका छन् । 

Global Ime bank

एमालेका खनाल–नेपाल समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले माफी माग्न आग्रह गरेका छन् । 

“वाग्मती प्रदेशसभा सदस्य नरोत्तमजीले दशवटा तर्क नगरि खुरुक्क माफ माग्नु नै बेस हुन्छ,” उनले भनेका छन् ।

त्यस्तै एमालेका नेता महेश वस्नेतले उनलाई कारबाहीको माग गरेका छन् । 

“माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको  हो त ? गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयार छु भनेर कांग्रेसको नरोत्तम वैद्यले प्रदेश सभामा खुल्लम खुल्ला बोलिरहेका छन् । यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ,” उनले भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  ००:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC