site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकी प्रदेशका सभामुख र राजमोको ‘भ्याकेट’ : सर्वोच्चबाट सूचना दिने आदेश 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय जनमोर्चाले कारबाही गरेपछि पद गुमाएका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्ने आदेशको पुनरवलोकनका लागि आएको निवेदनमा सर्वोच्च अदालतले विपक्षीलाई सूचना दिने आदेश गरेको छ ।

बिहीबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमारप्रसाद चुडालको संयुक्त इजलासले सभामुख र राजमो संसदीय दलको निवेदनमा अन्तरिम आदेशका लागि विपक्षीसँग पनि छलफल आवश्यक हुने ठहर गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय जनमोर्चाले पार्टी ह्वीप उल्लंघन गरेका प्रदेश सांसद थापालाई पार्टीको सांसद पदबाट हटाएको थियो । पार्टीले विपक्षी गठबन्धनलाई सघाउने निर्णय गरे पनि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पक्षमा उभिँदै आएका थापालाई सांसदबाट कारबाही गरिएको थियो ।

त्यसलगत्तै सर्वोच्चमा आएका थापा सर्वोच्चको अन्तरिम आदेशबाट पुनर्वहाली भएका थिए । त्यसलगत्तै अन्तरिम आदेश पुनरवलोकन गरी तत्काल अर्को अन्तरिम आदेश माग गर्दै राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलका नेता पियारी थापा र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सर्वोच्चमा ‘भ्याकेट’ गरेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC