site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पोर्चुगलको सहज जित 
Ghorahi CementGhorahi Cement

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले सहज जित निकालेको छ । युरोकप फुटबलको तयारीस्वरुप पोर्चुगलले इजरायलसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

बुधबार राति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० ले हरायो । घरेलु मैदानमा पोर्चुगललाई जिताउन ब्रुनो फर्नान्डेसले दुई गोल गरे । यस्तै, कप्तान क्रिस्टियानो रोनाल्डो र जोआ कान्सेलोले एक/एक गोल गरे ।

Agni Group

फर्नान्डेजले खेलको ४२औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । ४४औँ मिनेटमा रोनाल्डोले गोल गर्दा टिमले २–० को अग्रता बनायो ।

८६औँ मिनेटमा जोआले टिमका लागि तेस्रो गोल गरे । खेलको इन्जुरी समयमा फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ४–० को जित दिलाए ।

Global Ime bank

युरोकप तयारी गरिरहेको साबिक विजेता पोर्चुगल समूह ‘एफ’मा छ । यस समूहमा पोर्चुगलसँगै विश्वकप विजेता फ्रान्स, जर्मनी र हंगेरी छन् । युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC