site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शम्भु थापाको तर्क– कसैले बहुमत हस्ताक्षर लैजाँदा नपत्याउने कसैले छैन भन्दा पत्याउने ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले संविधानको धारामा टेकेर संसद् विघटन भएको नभइ हचुवाका आधारमा गरिएको तर्क गरेका छन् ।

सर्वोच्च अदालतमा भएको सुनुवाइमा उनले यस्तो बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“विश्वासको मत लिन्न, विश्वासको मत पाउदिनँ भन्दैमा राजीनामा नदिइ दफा ५ को बाटो खोल्नु प्रधानमन्त्रीको बदनीयत हो,” उनले भने, “संविधानको धारा ७६(५) पालना नहुने हो भने नेपालमा संसदीय प्रजातन्त्र कहाँ छ ? विश्वासको मत छैन भने त राष्ट्रपतिले प्रतिनिधिसभामा पठाउनुपर्‍यो नि ! त्यसै हचुवाको भरमा विश्वासको मत छैन भनेर कसैले भन्यो भने पत्याउने ? अनि कसैले बहुमतको हस्ताक्षर लैजाँदा नपत्याउने ? यो राष्ट्रपति कार्यालयको बदनियत होइन ?”

उनले राष्ट्रपतिलाई फलानोले विश्वासको मत प्राप्त गर्न सक्दैन भन्ने अधिकार संविधानले नदिएको तर्क गरे ।

Global Ime bank

“संविधानले गर्नुपर्ने छ भनेको इच्छा लाग्दा गर्ने भन्ने होइन,” उनले भने, “संविधानको धारा ७६(३) को प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ । राष्ट्रपतिकहाँ गयो भने पनि संसद्मा पठाउनुपर्छ । अनि विश्वासको मतको परीक्षण गर्ने जिम्मा संसद्लाई छोड्नुपर्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC