site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार बन्न नसकेको होइन, नदिइएको हो
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतमा परेको संसद् विघटनविरुद्धको रिटमा आजदेखि सुनुवाइ सुरु भएको छ ।

रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता महादेव यादवले संविधानको धारा ७६(५) बमोजिम सांसद दलीय आधारमा नहुने तर्क गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले यस्तो अवस्थामा कुनै एक सांसदले पनि बहुमत पुर्‍याउन सक्ने व्यवस्था गरिएको तर्क गर्दै संविधानअनुसार शेरबहादुर देउवाले गरेको दाबी राष्ट्रपतिबाट अस्वीकार गर्न नमिल्ने बताए ।

उनले भने, “यदि शेरबहादुर देउवाले विश्वासको मत लिन नसकेको अवस्था आएको भए प्रतिनिधि सभा विघटन हुन सक्थ्यो ।राष्ट्रपति कार्यालयले सरकार बन्न नसकेको भन्दै विज्ञप्ति जारी गर्‍यो । यो त सरकार बन्न नसकेको होइन, बन्न नदिइएको हो । यस्तो अवस्थामा प्रतिनिधिसभा विघटनको बाटो संविधानले खोलेको छैन ।”

Global Ime bank

उनले ओली बाहेक प्रधानमन्त्रीमा दाबी गर्न पाउँदैन भन्ने संविधानमा लेखिएजस्तो व्यवहार भएको तर्क गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC