site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समिट होटलको वार्तामा कोको छन् ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का दोस्रो तहका नेताहरू संवादमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली  र माधवकुमार नेपाल समूहका दोस्रो तहका नेताहरूबीच एक घण्टादेखि ललितपुरको समिट होटलमा वार्ता भइरहेको बताइएको छ ।

द्विपक्षीय वार्तामा अध्यक्ष ओलीका तर्फबाट कार्यदलका संयोजकसमेत रहेका सुवास नेम्वाङ, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलचाहिँ आजको छलफलमा छैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

झलनाथ खनाल र माधवकुमा नेपाल समूहका रहेका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र घनश्याम भुसाल छलफलमा रहेको एक नेताले जानकारी दिए । आजको छलफलमा योगेश भट्टराई भने छैनन् । भीम आचार्य थपिएको एक नेताले बताए ।

“जेठ २ लाई नै आधार मानेर एकता गर्नेगरी दुई पक्षबीच छलफल चलिरहेको छ । हेरौँ, परिणाम कस्तो आउँछ, भत्काउने सक्रिय छँदै छन्,” ती नेताको भनाइ छ ।

Global Ime bank

सोमबार मात्रै खनाल–नेपाल समूहले कार्यदलको औचित्य सकिएको भन्दै एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेको थियो । र, कारबाही फिर्ताको शर्त अघि सारेको थियो । त्यस्तै उसले अहिले भइरहेका वार्ता, प्रधानमन्त्री ओलीले अघि सारेको एकता प्रस्ताव अल्मल्याउने चालबाजी भएको भन्दै भ्रममा नपर्न अपिल गरेको थियो ।

तथापि, दोस्रो तहका नेता संवादमा जुटेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC