site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निषेधाज्ञामा पनि कर्जा लगानी बढ्दै, आर्थिक वर्षको अन्त्यमासमेत निक्षेप वृद्धि भने सुस्त 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । आर्थिक वर्षको अन्त्य नजिकिदै  गर्दा पनि सरकारले  विकास बजेट खर्चए गर्न नसक्दा र धमाधम राष्ट्र ऋण उठाउँदा बैंकिङ प्रणालीमा भने तरलता अभाव देखिएको छ । एक महिनाभन्दा बढी समयदेखि देशभर जारी निषेधाज्ञाले गर्दा कर्जा लगानी ठप्प जस्तै हुँदा पनि बैंकिङ प्रणालीमा भने तरलता संकुचनको अवस्था आएको छ ।

कोभिडको दोस्रो लहर सुरु भएसँगैं वैशाख १६ गतेपछि देशभरजसो जारी निषेधाज्ञाले गर्दा कर्जा लगानी सुस्ताएको छ । वैशाख १७ गते ३५ खर्ब ९४ अर्ब रहेको वाणिज्य बैंकहरूको कर्जा लगानी त्यसयतको ५ साता (जेठ २१) मा ४० अर्बले बढेर ३६ खर्ब  ३४ अर्ब पुगेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस्तै वैशाख १७ गते ३९ खर्ब २३ अर्ब रहेको बैंकहरूको निक्षेप सोही अवधिमा ४६ अर्बले बढेको ३९ खर्ब ६९ अर्बले पुगेको छ ।  नेपाल राष्ट्र बैंकले वैशाखमा जारी गरेको २० अर्बको रिपो गत साता परिपक्व भएपनि पुन ३० अर्बको रिपो जारी गरेको छ । यस अवधिमा राष्ट्र बैंकले थप १० अर्ब बजारमा तरलता इन्जेक्ट गरेको देखिन्छ । जसले गर्दा निक्षेप ४६ अर्बले बढेको देखिए पनि ३६ अर्बले मात्रै बढेको हो ।  

कर्जा लगानी र निक्षेप उस्तै भएको अवस्थामा सरकारले धमाधम राष्ट्र ऋण उठाउँदा बैंकिङ प्रणालीमा भने तरलता अभाव देखिएको छ । अहिले राष्ट्र बैंकले रिपोमार्फत ३० अर्ब बजारमा इन्जेक्ट गरेको अवस्थाम पनि जेठ २३ गते बैंकिङ प्रणालीमा जम्मा ३२ अर्ब मात्रै तरलता रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् । यस्तैं अन्तर बैंक ब्याजदर १.१७ प्रतिशत रहेको उनले बताए ।

Royal Enfield Island Ad

आर्थिक वर्ष सकिन अब ४० दिन पनि बाँकी नभएको अवस्थामा सरकारले विकास बजेट खर्च गर्न नसक्दा निषेधाज्ञाले १ महिना भन्दा बढी समयदेखि कर्जा लगानी नहुँदा पनि तरलता अभाव भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro