site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भीम आचार्यको मध्यमार्गी प्रस्ताव : पहिलो पुस्ताले नेतृत्व छोड्नुस्
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेका खनाल–नेपाल समूहका प्रदेश–१ संयोजक भीम आचार्यले पार्टीलाई एकताबद्ध बनाउन दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत नेतृत्वले अभिभावकत्व ग्रहण गरी दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने मध्यमार्गी प्रस्ताव अघि सारेका हुन् । 
 
“क.केपी ओली, क.झलनाथ खनाल, क.माधव नेपाल, क.वामदेव गौतम र क.अमृत बोहोराजस्ता प्रथम पुस्ताका नेताहरुले पार्टीको सम्मानित अविभावकत्व ग्रहण गरी नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्न,” उनको सुझाव छ । 

देशकै प्रमुख पार्टीभित्रको विवाद र संकटले लोकतन्त्र र क्रान्तिका सबै उपलब्धिहरु संकटमा परेको उनको निष्कर्ष छ ।

उनले ०७७ फागुन २३को सर्वोच्च अदालतको निर्णयपछि भएका सबै खाले गुटगत निर्णयहरु खारेज गरी महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र निकायहरु तथा आफ्नो अधिवेशन या प्रकृयाबाट आएका जनसंगठन तथा मातहत कमिटीलाई स्थापित गर्नुपर्ने सुझाव पनि दिएका छन् ।
 
त्यस्तै नेताहरुले अहंकार त्यागेर एकताबद्ध हुनुपर्ने उनको सुझाव छ । “नेताहरुले अहंकार, घमण्ड, चरम महत्वकांक्षा, इष्र्या, लघुताभाष र इगो त्याग गरी पार्टीलाई एकतावद्ध बनाउँदै परिवर्तनकारी शक्तिको रुपमा अगाडि बढाउन सहयोग गर्ने,” उनले सुझावमा भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  ११:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC