site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश–२ को बजेट अधिवेशन आजदेखि
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । प्रदेश नम्बर–२ प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख राजेश अहिराजले छैटौँ अधिवेशन आह्वान गरेका हुन् । 

जनकपुरधामस्थित प्रदेशसभा भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकको सुरुवातमा दलका नेताहरुले धारणा राख्ने र प्रिबजेट छलफल हुने कार्यसूची रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)को सरकार छ । पार्टी अध्यक्ष महन्थ ठाकुर पक्ष संघीय सरकारमा सहभागी भएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले आइतबार दिउँसो मुख्यमन्त्री लालबाबु राउतलाई प्रदेश संसदीय दलका नेता चयन गराएका छन् । यस्तै, आफूअनुकूल विधानसमेत बहुमत संसद्को हस्ताक्षरसहित पारित गराएका छन् ।

हिजै राति महन्थ ठाकुर पक्षका मन्त्री जितेन्द्र सोनल र तीन राज्यमन्त्रीलाई बर्खास्त पनि गरिएको छ । ठाकुर पक्षका चार मन्त्रीलाई बर्खास्त गरिएका कारण उनीपक्षीय सांसदले प्रदेशसभा बैठक अवरुद्ध पार्ने सम्भावना देखिएको छ ।

Global Ime bank

प्रदेश सरकार यही जेठ २७ गते नीति तथा कार्यक्रम र अगामी असार १ मा बजेट ल्याउने तयारीमा जुटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC