site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षालाई सफल पार्न ध्यानकेन्द्रित : ऊर्जामन्त्री भण्डारी
तस्बिर : रासस ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शरतसिंह भण्डारीले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई सफल पार्न आफ्नो ध्यानकेन्द्रित हुने बताएका छन् ।

आइतबार मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री भण्डारीले आफूहरुले उठाएको माग र मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेकाले आफूहरु सरकारमा सहभागी भएको उल्लेख गरे । उनले प्रधानमन्त्री ओलीले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षलाई सफल पार्नको निम्ति आफ्नो ध्यान जाने पनि बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“जसपा र नेकपा (एमाले)को सहकार्यमा बनेको छ सरकार । हामी सहकार्य गर्न आएका छौँ । हामीले मुख्य माग र मुद्दाको सम्बोधन जसले गर्दछ, त्यसलाई हामी मित्र शक्ति मान्छौँ र त्यसैको आधारमा सहकार्य गर्छौँ । आज ओली नेतृत्वको सरकारले हाम्रो माग, मुद्दालाई सम्बोधन गरेर अगाडि बढेको र हामीलाई सहकार्य गर्न बाटो खुलेको छ र आज हामी सहकार्य गर्न आएका छौँ,” उनले भने ।

उनले ऊर्जा मन्त्रालय मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड भएकाले मन्त्रालयका काम–कारबाहीलाई चुस्त र प्रभावकारी हिसाबले अगाडि बढाउने बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC