site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मेरो अभिव्यक्ति बंग्याइयो, संविधानप्रति आस्थावान् छु : महतो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले अभिव्यक्ति तोडमोड गरिएको भन्दै आफ्नो प्रतिरक्षा गरेका छन् । उनले उपप्रधानमन्त्रीको कार्यभार सम्हाल्दै बहुराष्ट्र राज्यको स्थापना हुनुपर्ने धारणा राखेका थिए ।

तर, शनिबार राति विज्ञप्ति जारी गर्दै उनले हिजोको अभिव्यक्तिलाई बंग्याएर गलत अर्थ लगाइएको बताएका छन् । “हिजोको मेरो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्ने गरी प्रचार–प्रसार भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रहि एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात् गर्दै यो राज्य सबै जात, जाति, वर्ग, समुदाय धर्म, लिंगको साझा राष्ट्र हो भने आशय व्यक्त गरेको हुँ,” उनले स्पष्टीकरण दिन खोजेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

संविधानमा रहेका असन्तुष्टि सम्बोधन गर्न संशोधनको प्रयोजनका निम्ति गठित कार्यदलमा धारणा राख्ने बताउँदै मुद्दा ब्युँताउने संकेत भने गर्न छुटाएका छैनन् ।

“म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिबद्ध रहेको छ,” उनले अन्तिममा भनेका छन्, “यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने प्रष्ट पार्न चाहन्छु ।”

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  २३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC