site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कर्णालीमा कांग्रेस सत्तामा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

कर्णाली । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले सरकारमा जाने दुई मन्त्रीहरूको नाममा टुंगो लगाएको छ । दलको आज बसेको बैठकले प्रदेशसभा सदस्यद्वय दीनबन्धु श्रेष्ठ र यज्ञबहादुर बिसीलाई मन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्रीसमक्ष सिफारिस गरेको हो ।

कर्णालीमा कांग्रेसको सर्मथनमा नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकार छ । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले श्रेष्ठलाई ऊर्जा तथा जलस्रोत विकास र यज्ञबहादुर बिसीलाई सामाजिक विकासमन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्रीसमक्ष सिफारिस गरेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

दुई मन्त्रीको नियुक्तिसँगै औपचारिक रूपमा कर्णालीमा कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार बन्नेछ । कर्णालीबाट कांग्रेसले प्रदेश सरकारमा पहिलोपटक सहभागिता जनाउने भएको छ । वि.सं. २०७४ को प्रदेशसभा निर्वाचनपछि सात प्रदेशमध्ये सबैभन्दा पहिला कर्णालीबाट कांग्रेसले सत्तासाझेदारीको सुरुआत गरेको हो । मन्त्रिमण्डलमा हाल मुख्यमन्त्रीसहित तीन माओवादी, तीन स्वतन्त्र मन्त्री छन् । दुई मन्त्रीमा कांगे्रसको प्रतिनिधित्व भएसँगै कर्णालीमा आठ सदस्यीय मन्त्रिमण्डल बन्नेछ ।

मन्त्रीका लागि सिफारिस गरिएका श्रेष्ठ जुम्ला तथा बिसी सुर्खेतबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हुन् । नेकपा (एमाले)ले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गत वैशाख ३ गते कांग्रेसले प्रदेशसभामा विश्वासको मत दिएको थियो । कांगे्रसका छ र एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएपछि मुख्यमन्त्री शाहीको सरकार जोगिएको थियो । कर्णालीमा  एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका छ र राप्रपाका एकजना गरी ३५ सदस्यीय प्रदेशसभा छ ।

Global Ime bank

यसैबीच, कांग्रेस संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीका लागि १३ बुँदे आचारसंहिता जारी गरेको छ । सरकारमा सहभागी हुने मन्त्रीहरूले भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्ने, आर्थिक अनुशासन, स्वच्छता, मितव्ययिता र सादा जीवनशैली अपनाउनुपर्ने, दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वाभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइनेलगायत आचारसंहिता बनाएको छ ।

दलका नेता शाहीले संयुक्त सरकारमा प्रतिनिधित्व गर्नुपर्ने भएकाले बेग्लै आचारसंहिता बनाएर लागु गर्नुपरेको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC