site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जेठ २५ गतेबाट ६० देखि ६४ वर्षका व्यक्तिलाई काठमाडौंमा वडा स्तरमा कोरोनाविरुद्धको खोप दिइने 
Sarbottam CementSarbottam Cement

काठमाडौँ । जेठ २५ गतेदेखि ६० वर्षदेखि ६४ वर्षसम्मका व्यक्तिलाई दिइने कोभिडविरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन काठमाडौं महानगरको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले वडा खोप समन्वय समितिलाई पत्र पठाएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा आज जिल्ला स्वास्थ्य कार्यालय र विभागको बैठकले हरेक वडामा एक/एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । यही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि पत्राचार गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

यो उमेर समूहका व्यक्तिका लागि भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको हो । सरकारले खोप कार्यक्रम अन्तर्गत पहिलोपटक महामारी नियन्त्रणका लागि अग्र पङ्तिमा खटिनेहरूका लागि त्यसपछि ६५ वर्षदेखि माथिल्लो उमेर समूहका व्यक्तिका लागि र तेस्रोमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिएको थियो । यी व्यक्तिहरूलाई उपलब्धताका आधारमा कसैलाई कोभिसिल्ड (भारतीय खोप) र कसैलाई भेरोसेल (चिनियाँ) खोप दिइएको हो । यसरी खोप पाएकामध्ये धेरैले दुवै डोज लगाएका छन् भने कोभिसिल्डको पहिलो मात्रा लगाउने केहीले दोस्रो मात्रा लगाउन पाएका छैनन् । 

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको वैशाख २५ गतेको निर्णयअनुसार महानगरपालिकासहित जेठ २ गतेबाट काठमाडौं जिल्लामा कोभिड१९ विरुद्धको खोप दोस्रो मात्रा लगाइएको थियो । 

Global Ime bank

जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप करिब १ लाख व्यक्तिले लगाएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC