राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद दिएका छन् ।
बाइडेनले नेपाललगायत देशलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेपछि देउवाले कृतज्ञता ज्ञापन गरेका हुन् । शुक्रबार बिहान ट्विट गर्दै देउवाले उक्त सहयोगले नेपाल र अमेरिकाबीचको मित्रता अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।
Thank you @POTUS for your decision to provide COVID-19 vaccines to Nepal. I believe this valuable support will further strengthen the long-cherished Nepal-US friendship. ?
— Sher Bahadur Deuba (@DeubaSherbdr) June 4, 2021
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८ ०९:४६
प्रतिक्रिया दिनुहोस्