site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
खनालको युवा पुस्तालाई आग्रह– हामीलाई आराम गर्न दिएर क्रान्तिको नेतृत्व तपाईं गर्नुस्
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता झलनाथ खनालले पार्टीका पहिलो पुस्ताका नेतालाई बिदा दिन आग्रह गरेका छन् । केन्द्रीय सदस्यहरूले आयोजना गरेको भर्चुअल भेलामा विश्व कम्युनिस्ट आन्दोलनको उदाहरण दिँदै उनले युवा पुस्तालाई क्रान्तिको नेतृत्व लिन आग्रह गरेका हुन् ।

“हामी बुढा पनि भयौँ । तपाईंहरू आराम गर्नुस् भन्नुहुन्छ भने हामी तयार छौँ । तपाईंहरूले भन्नु पनि पर्छ,” खनालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, “विश्व कम्युनिस्ट जसरी युवा पुस्ताले आँट, साहस गरे र क्रान्तिलाई अघि बढाए, अब तपाईंहरूले पनि आँट गर्नुपर्छ । तपाईंहरू भन्नुहुन्छ भने हामी अझै केही समय लतारिन तयार त छौँ तर अब तपाईंहरूले नै आँट गर्नुपर्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले प्रधानमन्त्री ओलीले पार्टी–आन्दोलनलाई दक्षिणपन्थी भासतिर लगिसकेकाले युवा पुस्ता हस्तक्षेपकारी बन्नुपर्ने तर्क अघि सारेका थिए । खनालले अहिले वार्ता, संवाद हुन, निरन्तरता पाउनु राम्रो कुरा भए पनि ओलीको वचनमा भर गर्नुनहुने औंल्याएका थिए । “उनी जेठ २ मा फर्कन तयार छन् भने ठीकै छ । तपाईंहरूले छलफल जारी राख्नुस् तर अल्मल्याउने, लम्ब्याउने मात्रै खेल हो भने बेलैमा बुझ्नुस् ।”

भर्चुअल भेलामा बोल्ने अरू केन्द्रीय सदस्यहरूले पनि वार्ता हुनु राम्रो कुरा भए पनि यसलाई अनन्तकालसम्म लम्ब्याउन नहुने बताएका थिए । वार्ता, छलफल ओलीको चालबाजी मात्रै हुन सक्ने भएकाले सचेत हुनुपर्ने आवश्यकता बोध गरेको केन्द्रीय सदस्यहरू बताउँछन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC