site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
'ढुंगा, गिट्टी, बालुवा निकासीको नीति आत्मघाती'
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । प्रदेश नम्बर-२ सरकारले संघीय सरकारले बजेटमा समावेश गरेको खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा घटाउने नीतिलाई 'आत्मघाती' भनेको छ । मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारको उक्त नीतिले मधेस मरभूमि हुने भन्दै आत्मघाती रहेको बताएका हुन् ।

बिहीबार मुख्यमन्त्री राउतको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल उक्त नीति खारेज गर्न माग गरिएको छ । केन्द्रको निर्णय फिर्ता नभए यहाँको प्राकृतिक सम्पदाको रक्षा गर्न प्रदेश सरकारले ठोस निर्णय लिने चेतावनी पनि दिइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारको अदूरदर्शी निर्णयले देशकै अन्न भन्डार मरुभूमिकरण हुने खतरा औँल्याइएको छ । वन विनाश, वातावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, पानी मुहानको संरक्षणलगायतप्रति प्रदेश सरकार सजग रहेको जनाइएको छ ।

यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले पनि खानीजन्य पदार्थको निकासी गर्ने निर्णय तत्काल फिर्ता लिन संघीय सरकारसँग माग गरेका छन् ।

Global Ime bank

‘‘मधेशको जीवन अस्तित्व समाप्त पार्ने गरी चुरेको दोहन गर्ने कामबाट केही व्यक्ति लाभान्वित होलान्,’’ मन्त्री साहले भने, ‘‘तर, भावी सन्ततिका लागि यो सदैवका लागि बसाइँसराइ गर्ने कारण बन्ने निश्चित छ । त्यसैले चुरेभावर सभ्यतालाई सिन्धु घाँटीझैँ विलीन हुन नदिन र यसको संरक्षणप्रति जिम्मेवार बन्न म संघ सरकारसँग माग गर्दछु ।’’

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC