site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
घनश्याम–सुरेन्द्रको प्रष्टीकरण– माधव नेपाललाई जानकारी गराएरै ओली पक्षसँग छलफल गरेका हौँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । खनाल–नेपाल समूहले आयोजना गरेको भर्चुअल भेलामा एमाले नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले पार्टी एकताका लागि इमान्दार प्रयत्न गरेको भन्दै ‘शंका’को दृष्टिले नहेर्न, नलिन आग्रह गरेका छन् ।

खनाल नेपाल समूहको केन्द्रीय सदस्यहरूको भर्चुअल भेला अद्यापि जारी छ । भेलामा नेताद्वय भुसाल र पाण्डेले एकता–प्रयासबारे विभिन्न टिप्पणी भइरहेको भन्दै त्यसको प्रष्टीकरण दिएको एक नेताले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामीले कम्युनिस्ट आन्दोलनको रक्षा हुन्छ । पार्टी एकता जोगिन्छ भनेर वार्ता गरेका हौँ । यो प्रयास केवल देखाउनका लागि नभएर हाम्रोतर्फबाट इमान्दार प्रयास पनि हो,” नेताद्वय भुसाल र पाण्डेका आशय उद्धृत गर्दै एक नेताले भने, “हामीले माधव कमरेडसँग छलफल गरेर नै, सबैकुरा जानकारी गराएर नै गरेका हौँ । एकता बच्छ भने पहल किन नगर्ने त भन्ने हाम्रो प्रश्न हो ।”

ओली पक्षसँग अझै वार्ता, संवादको सम्भावना देखाउँदै कथम् नमिले के गर्ने भन्नेमा आफू प्रष्ट रहेको उनीहरूको जोड थियो । “मिल्दै मिलेन भने हामीले गर्नुपर्ने निर्णय छँदैछ । त्यसका लागि आधार पनि छँदैछ तर हाम्रोतर्फबाट इमान्दार कोसिस रहोस् भन्ने मात्रै हाम्रो अभिप्रायः हो ।”

Global Ime bank

‘वार्ताका लागि विश्वसनीय वातावरण छैन’
भीम रावलले भने ओली पक्षसँग संवाद, छलफलको वातावरण नभएको ‘दलील’ राखेका थिए । उनले ओली पक्षले एकातिर कारबाही गर्ने, स्पष्टीकरण सोध्ने अलि छलफल पनि गर्ने विरोधाभास कार्य गरिरहेको उनको भनाइ थियो । “म वार्ताको विरोधी होइन । वार्ता हुनुुपर्छ । तर, एकातिर स्पष्टीकरण सोध्ने, कारबाही गरेर हटाउने अनि वार्ता गर्ने ? यो कसरी हुनसक्छ । यसले एकताको रक्षा गर्छ कि भत्काउँछ ? मेरो सवाल यहाँनेर हो,” रावलको भनाइ उद्धृत गर्दै एक नेताले बताए ।

ओली पक्षले वार्ता गर्नै चाहेको हो भने पहिला वातावरण बनाउनु पर्ने उनको जोड थियो । भर्चुअल भेलामा अहिले केन्द्रीय सदस्यहरू बोलिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC