site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपनिर्वाचन : कर्णालीमा ४२ हजार मतदाता सहभागी हुँदै, कुनमा कति ?
फाइल तस्बिर ।

सुर्खेत । मंसिर १६ गते हुने उपनिर्वाचनमा कर्णालीका आठ पालिकामा ४२ हजार बढी मतदाताले भाग लिँदै छन् । निर्वाचन आयोगले गरेको मतदाता अद्यावधिक विवरणअनुसार, उपनिर्वाचन हुन लागेका कर्णालीका ६ जिल्लाका आठ पदमा हुने निर्वाचनमा ४२ हजार २७७ मतदाताले मतदान गर्ने छन् ।

कर्णालीमा एक गाउँपालिका र नगरपालिकामा एक–एक अध्यक्ष, एक नगरपालिका र गाउँपालिकामा एक–एक उपप्रमुख र उपाध्यक्ष र पाँच वडाध्यक्ष गरी आठ पदका लागि उपनिर्वाचन हुँदै छ । 

अद्यावधिक विवरणअनुसार, अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको दैलेखको महाबु गाउँपालिकामा १२ हजार ६१४ जनाले निर्वाचनमा भाग लिँदै छन् । यस पालिकामा नौवटा निर्वाचन केन्द्र छन् ।

यस्तै, दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । त्यहाँ दुई हजार ७०६ मतदाता रहेका निर्वाचन कार्यालय दैलेखका सूचना अधिकारी मनोज थापाले जानकारी दिए ।

यस्तै, जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निर्वाचन अधिकारी रामलाल प्याकुरेलका अनुसार, नलगाड नगरपालिका उपप्रमुख पदका लागि हुने उपनिर्वाचनमा १६ हजार ४४९ जनाले मतदानमा भाग लिने छन् । जाजरकोटकै कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदको उपनिर्वाचनमा एक हजार ३०२ जनाले मतदाताले भाग लिने छन् । 

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि पनि निर्वाचन हुन लागेको छ । त्यहाँ छ हजार ८१० मतदाता छन् ।

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका—५ को अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा एक हजार ४३४ जनाले भाग लिने मतदाता अद्यावधिक विवरणमा जनाइएको छ । 

यस्तै, कालीकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्ष पदको लागिसमेत निर्वाचन हुँदै छ । त्यहाँ ६०९ मतदाता रहेको कालीकोट जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले जानकारी दिए ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को अध्यक्षको निर्वाचनमा ३५३ जना मतदाताले मतदानमा भाग लिने छन् । 

विसं २०७९ वैशाख ३० को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  २०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro