खेल
काठमाडौं । फ्रेन्च ओपन टेनिसमा सहभागी खेलाडीमा कोरोनाभाइरस संक्रमण देखिएको छ । प्रतियोगितामा सहभागी दुई पुरुष खेलाडीमा संक्रमण देखिएको हो ।
आयोजक फ्रेन्च ओपन कमिटीले पुरुष युगल टिमका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको जनाएको छ । पछिल्लोपटक गरिएको परीक्षणमा दुई खेलाडीमा कोरोना पुष्टि भएको आयोजकले जनाएको हो ।
एकै राष्ट्रका दुई खेलाडीमा कोरोना देखिएको आयोजकले जनाएको छ । उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन । कोरोना संक्रमित खेलाडी प्रतियोगिताबाट बाहिरिएर अहिले क्वारेन्टिनमा रहेका जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८ १३:३४
प्रतिक्रिया दिनुहोस्