site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महन्थ र उपेन्द्रलाई निर्वाचन आयोगको पत्र– कानुन अनुसार आउनू
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुवै अध्यक्षलाई पत्र पठाएको छ । आज आयोगले जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवलाई कानुन अनुसार आउन पत्राचार गरेको हो ।

“एकपक्षले अर्को पक्षका केहीलाई हटाएको भनेर दुवै पक्षले अध्यावधिक गर्न पत्र पठाउनुभयो । उहाँहरुले पार्टीको लेटरप्याडमा पत्र पठाउनुभएको छ । त्यो कानुनत: नियमावली अनुसार भएन। राजनीतिक दलसम्बन्धी दफा ५१ र  नियमावली ७४ को नियम २५ ले अध्यावधिक गर्नेहुँदा अनुसूची १८ को ढाँचा बमोजिम अध्याधिकका लागि दाबी पेश गर्नुपर्ने हो । त्यसो नभएकाले सोही बमोजिम आउनु भनेर दुवै अध्यक्षलाई पत्राचार गरिएको छ,” आयोगका एक अधिकारीले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

जसपाका अध्यक्ष ठाकुर पक्षले मंगलबार अर्का अध्यक्ष यादवलाई पार्टीको सधारण सदस्यबाट हटाएको थियो । लगत्तै उसले यादवको नाम दर्ता किताबबाट निकालिदिन पत्राचार गरेको थियो ।

त्यस्तै यादव पक्षले ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ शुक्ललाई कारबाही गरेर आयोगलाई कमिटी अध्यावधिक गर्न पत्राचार गरेको थियो । 

Global Ime bank

सोही निवेदनपछि आयोगले दुवै पक्षलाई कानुन अनुसार आउन भनेको हो । दुवै पक्ष कानुन अनुसार आएपछि मात्रै थप प्रक्रिया अघि बढ्ने ती अधिकारी बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC