site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नागरिकता अध्यादेश विरुद्ध सर्वोच्चमा रिट : २१ गतेलाई तोकियो पेसी
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले जारी गरेको नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा अर्को रिट दायर भएको छ । सरकारले ल्याएको अध्यादेश राष्ट्रहित विपरीत भएकाले खारेजीको माग गर्दै अधिवक्ताद्वय विष्णुकुमार गिरी र गणेशकुमार शर्माले रिट दायर गरेका हुन् । 

संसद्को राज्य व्यवस्था समितिबाट पारित भएर नागरिकता ऐन २०६३ लाई  संसोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पारित हुने अन्तिम अवस्थामा रहेका बेला सरकारले आफूखुसी संशोधन गरेर प्रतिनिधिसभा विघटन गरेको मौका छोपी नागरिकता (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेको भन्दै रिटमार्फत खारेजीको माग गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“संसदमा अन्तिम अबस्थामा रहेको विधेयकलाई सरकारले संसदबाटै अनुमोदन गराई कानुन बन्नु पर्नेमा उक्त विधेयकलाई थन्क्याएर राखी संसद विघटन गरी निश्चित समुहलाई खुशी पार्ने गरी केही राष्ट्रिय हित विपरितका प्रावधान राखेर जारी गरिएको अध्यादेश संविधानसँग बाझिएको हुँदा बदर भागी छ,” रिटमा भनिएको छ। 

रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ । परिपत्रको आधारमा नागरिकता वितरण गर्ने कार्य गरे नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा आँच आउने भएकाले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म अध्यादेशलाई कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC