खेल
काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । रियलले मंगलबार एडिडास कम्पनीले बनाएको नयाँ जर्सी सार्वजनिक गरेको हो ।
रियलले सन् २०२१/०२२ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो ।
रियल यो सिजन उपाधिविहीन भएको थियो । रियल ला लिगाको दोस्रो स्थानमा रहेको थियो । यता च्याम्पियन्स लिगमा भने सेमिफाइनल चरणबाट आउट भएको थियो ।
रियलले सार्वजनिक गरेको नयाँ होम जर्सिलमा ट्रेडमार्क रङ्ग सेतो प्रयोग गरेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८ १८:३४
प्रतिक्रिया दिनुहोस्