site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारको पछिल्लो निर्णयले तराई क्षेत्रमा प्राकृतिक सम्पदाको दोहन हुने निश्चित छ : जबरा
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले चुरे क्षेत्रमा ढुंगा, गिट्टी र बालुवाको निकासी फुकुवा गर्ने हचुवाको निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्विटमार्फत जबराले कुनै ठोस योजनाविना गरिएको निर्णयले चुरेभावर, तराई क्षेत्रमा प्राकृतिक सम्पदाको दोहन निश्चित भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“सरकारले खानीजन्य ढुंगा, गिट्टी, बालुवाको निकासी एक्कासी फुकुवा गरेको छ । ठोस योजनाविना, हचुवाको निर्णयले चुरेभावर, तराई क्षेत्रमा प्राकृतिक सम्पदाको दोहन हुने निश्चित देखिन्छ । अत्याधिक दोहन रोक्न गरिएको निर्णय किन बदल्नपर्‍याे सरकार नाजवाफ छ । अविवेकी, अहितकर निर्णय फिर्ता लिइयोस्,” उनले भनेका छन् । 

सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा ‘वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने’ र ‘खानीजन्य निर्माण सामग्री परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोपवे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने’ उल्लेख छ । याे निर्णयले चुरेभावर  सिध्याउने भन्दै सराेकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

Global Ime bank

याे पनि पढ्नुहाेस् 

 

चुरेभावर सिध्याउने आत्मघाती तयारी
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC