राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरलगायत चार नेतालाई कारबाही गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।
उक्त पक्षले आज ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरणको जवाफ नदिएको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।
उक्त जानकारीको पत्र आयोगमा दर्ता गरिएको नेता डम्बर खतिवडाले जानकारी दिए । जसपाको विवाद उत्कर्षमा पुगेको छ । उपेन्द्र–बाबुराम पक्षले जेठ ८ गते उनीहरुलाई स्पष्टीकरण सोधेको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८ १५:०२
प्रतिक्रिया दिनुहोस्