राजनीति
काठमाडौं । परराष्ट्रमन्त्री एवं नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले कोरोनाविरुद्धको खोपबारे राजनीतिक टिप्पणी नगर्न आग्रह गरेका छन् । आज बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकमीसँग उनले राष्ट्रपतिले खोपबारे लिएको सक्रियताप्रति टिप्पणी गर्नेहरुलाई त्यस्तो आग्रह गरेका हुन् ।
“साथीहरुलाई आलोचना गर्ने ठाउँ नै छैनजस्तो लाग्छ । कतिपय साथीहरुलाई हेर्दा त बडो विरक्त लाग्छ । अहिले मान्छेको जीवनरक्षा ठूलो कुरा हो कि अरु कुरा हो ?,” उनले भने ।
राष्ट्रपतिले आफ्नो हैसियितले काम गरिरहेको उनले बताए । “तर, ती नेताहरु, जसले अत्यन्त छुद्र तरिकाले टिप्पणी गरिरहनुभएको छ, मेरो प्राथना छ– उहाँहरुलाई कहिल्यै कोरोना नलागोस्,” उनले भने ।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८ १४:२२
प्रतिक्रिया दिनुहोस्