राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समूहले अर्को पक्षका नेता महन्थ ठाकुरसहित चारजना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टीको कार्यकारिणी बैठकले यस्तो निर्णय गरेको नेता मोहम्मद इस्तियाक राइले जनाएका छन् ।
उनका अनुसार महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निस्कासित गरिएको हो ।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८ १४:०६
प्रतिक्रिया दिनुहोस्